काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताउनुभएको छ । शनिबार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका पूर्वअध्यक्ष लोहनीले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रीत हुने गरेको बताउनुभएको हो । उहाँले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौं खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाउनुभयो…