Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


रामायण सर्किटको काम अघि बढाउँने मोदीको प्रतिवद्धता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटको काम अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनु भएको हो । उहाँले बिहीबार निकै उपलब्धिमूलक सम्झौता भएको उल्लेख गर्दै यसले द्वीपक्षीय हित हुने समेत बताउनुभयो ।