काठमाडाैं । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । आजको प्रदेशसभामा एक सय १० सदस्य रहनुभएकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित हुनुभएको प्रदेशसभाका सभामुख…