१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीका साथ सत्ता साझेदार दलहरुको बैठक सुरु


130
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ ।

बालुवाटार स्राेतका अनुसार सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको छ ।

स्राेतले भन्याे,’बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बृहत छलफल भइरहेकाे छ।’

बालुवाटार बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच झण्डै ५ घण्टा ‍बालकोटमा छलफल भएको थियो ।