Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा—राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो…