बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित


104
Shares

काठमाडाैं । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ ।

आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।

आजको प्रदेशसभामा एक सय १० सदस्य रहनुभएकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित हुनुभएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाल्नुभयो । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्‍यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा हुनुहुन्थ्यो ।