काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नुहुने भएकाे छ । सभापति लामिछानेसहितको प्रतिनिधिमण्डल पाँच दिने औपचारिक भ्रमणका लागि साेमबार भारत पुगेकाे हाे । साेही प्रतिनिधिमण्डलले भारतीय सत्तारूढ पार्टी भाजपाका उच्च नेतृत्वसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तालिका रहेको रास्वपाले जनाएको छ । रास्वपा प्रवक्ता मनिष…