Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सम्पत्ति शुद्धिकरण विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित


741
Shares

काठमाडाैं । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक बाट पारित भएको छ ।

सभाको बिहीवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमाथि संशोधनका सबै प्रस्तावहरु बहुतमतले अस्वीकृत भए ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण(तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रस्ताव गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँँदै मन्त्री वाग्लेले मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न गम्भीरताका साथ काम गरिरहेको बताउनुभयो । अर्थमन्त्रीद्वारा प्रस्तुत विधेयक सभाले बहुमतले पारित गरेको सभामुखले घोषणा गर्नुभयो ।