काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालै अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ प्रति असहमति जनाएको छ । अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले रकम दिने गरेको उल्लेख गरेपछि राप्रपाले असहमति जनाएको हो । उक्त प्रतिवेदनप्रति असहमति…