Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


बिना शर्त एउटा संसदीय समितिको नेतृत्व राप्रपाले पाएको हो : अध्यक्ष लिङ्देन


91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिना शर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताउनुभएको छ ।

कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहँदा उहाँले विना कुनै लेनदेन आफूहरुले संसदमा आफ्नो सिट संख्याको आधारमा पूर्वाधार विकास समितिको नेतृत्व पाएको स्पष्टिकरण दिनुभएको हो ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष लिङ्देनले एमालेले आफ्नो सिट संख्याको आधारमा तीन वटा समितिको नेतृत्व पाएजस्तै आफूहरुले पनि त्यसैलाई आधार मानेर एउटा समितिको नेतृत्व गर्ने मौका पाएको बताउनुभयो । उहाँले सो अवसर उपलब्ध गराएको भन्दै प्रमुख ३ दलप्रति आभार समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष लिङ्देनले कोशी प्रदेशको सरकार काँग्रेस र एमाले मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरुको अडान कायमै रहेको समेत बताउनुभयो ।

अध्यक्ष लिङ्देनले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने विभिन्न उपायहरु रहेको उल्लेख गर्दै त्यसमा दलहरुबीच छलफल हुने र निकास निस्कने बताउनुभयो ।