Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ संसदबाट तत्काल फिर्ता हुनुपर्छ : सांसद गैरे


156
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट फिर्ता हुनुपर्ने बताउनुभएको छ ।

केही विषयमा राजनीतिक सहमतीको आवश्यक्ता समेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने सांसद गैरको तर्क थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गैरेले संसदमा पेस गरिएको सो विधेयक कानून निर्माणका लागि योग्य नभएकाले पनि सरकारले त्यसलाई फेरि फिर्ता लिएर पुनर्लेखन गरी संसदमा पेस गर्नुपर्ने बताउनुभयो ।

सांसद गैरेले सो विधेयक पुनर्लेखन नगरी संसदमा पेश गर्न मिल्ने खालको नभएको जिकिर समेत गर्नुभयो ।