काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । सामाजिक सुरक्षा कोषले अघि सारेको योजनाको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक घोषणा गर्दै हुनुहुन्छ । गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधि बने पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन…