काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा नलाग्ने स्पष्ट गर्नुभएको छ । मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताउनुभयो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएका समस्या…