काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताउनुभएको छ । मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नती हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आर्थिक विकासको सकारात्मक…