काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभएको हो । उहाँले काँग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा…