काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको महशुस गरेको बताउनुभएको छ । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको पाएको बताउनुभएको हो । उहाँले वातावरण संरक्षण, जलवायु…