काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, र शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी सामान्य तारिखमा रिहा गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन् । मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई…