काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेको बताउनुभएको छ । सोमबार पाँचथरमा कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेका बताउनुभएको हो । उहाँले आफूहरुको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताउनुभयो । उपाध्यक्ष थापाले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सक्छ भन्ने देखाएको…