Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका


572
Shares

एजेन्सी । अमेरिकाको राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताउनु भयो । उहाँले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गर्नुभयो ।

बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । किर्बीको टिप्पणीपछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्व रोक्न चाहेको बताउनु भयो । उहाँले आफूहरुले द्वन्द्व फैलिनबाट रोक्ने काम गरिरहेको बताउनु भयो ।

सिरियासँगको सीमानजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिवार राति भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएको पेन्टागनका उपसचिव सबरीना सिंहले बताउनु भयो ।

पेन्टागनले सोमवार मारिएका तीन सैनिकको पहिचान गरेको छ । ती सबै अमेरिकी सेनाको रिजर्भ इकाईका सदस्य थिए ।