काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन उद्घाटन गरिएको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित चौरमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् । रातो पृष्ठभूमिमा पहेँलो रङको हँसिया र हथौडाअंकित झन्डा फर्फराएसँगै एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ ।