काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर भौतिक संरचना बनाइँदा समेत सरकारले कारबाही गर्न नसकेको बताउनुभएको छ । शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतोले जंगल अतिक्रमण गरी भौतिक संरचना बिस्तार भइरहँदा समेत सरकार मुकदर्शक बनेको बताउनुभएको हो । मन्त्री महतोले…