काठमाडौं । आज पुस २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । नेपाल ५२ राज्यमा विभाजित भएको समय वि.सं. १७९९ चैत…