काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले शुक्रबार आफ्नो १६ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको छ भन्नुभयो । उहाँले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपपस्थिति आशालाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक…