१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश


182
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले शुक्रबार आफ्नो १६ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको छ भन्नुभयो । उहाँले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपपस्थिति आशालाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको उललेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाहरुको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक रहेको समेत बताउनुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले गरेका काम कार्वाहीको बारेमा संक्षिप्त जानकारी गराउनुभयो । उहाँले महिला हक अधिकारको संरक्षण तथा हिंसा पीडित महिलालाई प्राथमिकता दिएर आयोगले काम गरीरहेको बताउनुभयो ।