काठमाडौं, कार्तिक ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई स–साना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रम सचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदलसमेत गठन गरी काम सुरु गरिसकेको…