
काठमाडौं । सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियूक्ति प्रक्रिया अघि बढाएको छ ।
लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियूक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘नियूक्तिका लागि उपयुक्त उम्मेदवारको रोस्टर तयार पार्दै छौं, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी क्याबिनेटमा प्रस्ताव लैजान्छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘तिहारअघि नै नियुक्ति हुनेछ ।’
हाल भारत, यूएई, मलेसिया र राष्ट्रसंघका लागि स्थायी नियोगमा राजदुत छैनन् । यूएईमा अढाई बर्षदेखि धनञ्जय झाको र मलेसियामा गत माघमा निरञ्जन बस्नेतको पदावधी सकिएको छ ।
भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्ययले प्रतिनिधिसभा सदस्य चुनाव लड्न अघिल्लो असोजमा राजीनामा दिएका थिए ।
राष्ट्रसंघका लागि राजदूत दुर्गाप्रसाद भट्टराईको पदावधि गत बर्ष साउनमै सकिएको थियो । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्