१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


राजतन्त्र अन्त्य भएको १२ वर्षपछि सर्वसाधारणका लागि श्रीपेच खुला


0
Shares

काठमाडौं, असोज २९ । राजसंस्था अन्त्य भएको झण्डै १२ वर्षपछि बल्ल सर्वसाधारणका लागि श्रीपेच अवलोकन खुला हुने भएको छ ।

राजसंस्थाको प्रतीकका रुपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

राजसंस्थाको अन्त्य भएसँगै श्रीपेच नारायणहिटी दरबार संग्रहालयमा सेनाको सुरक्षामा राखिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पटक–पटक श्रीपेच सार्वजनिक गर्न पहल गरे पनि हालसम्म सम्भव भएको थिएन । –कारोबार दैनिकबाट