२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए


0
Shares

काठमाडौं । दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् ।

महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

यो तथ्यांक ५ असोजदेखि आइतबार (हिजो) सम्मको हो । सोही दिन सरकारले दसैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो ।

पन्तले नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गरेको बताए ।

महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाख बढी यात्रु दसैंका लागि बाहिरिएका थिए ।

यस वर्ष पनि २० लाख बढी यात्रुहरू बाहिरिने अनुमान छ । विभागले गत बुधबारदेखि मुलुककै भरी रुट परमिट खुला गरेको छ । राजधानी दैनिकबाट