१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


निर्मला हत्या प्रकरणमा निलम्बित एसपी विष्ट र इन्स्पेक्टर भट्टको जवाफ कुर्दै गृह


0
Shares

काठमाडौं, कार्तिक ७ । निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप खेपिरहेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसँग स्पष्टीकरण माग्दै पत्र काटेको गृह मन्त्रालय जवाफको प्रतीक्षामा छ ।

गृहले आइतबार प्रहरी प्रधान कार्यालयलाई पत्र बुझाएको थियो ।

पत्र बुझेको २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने कानुनी व्यवस्था छ, तर मंगलबार साँझसम्म विष्ट र भट्टले पत्र बुझेको सूचना आइनसकेको गृह मन्त्रालयले जनाएको छ । उनीहरुले पत्र बुझेको भरपाई प्रहरी प्रधान कार्यालयले गृहमा पठाएपछि मात्रै प्रमाणिक हुनेछ ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव केदार शर्माले आफूहरु जवाफको प्रतीक्षामा रहेको बताए । ‘त्यसपछि कानुनसम्मत प्रक्रिया अगाडि बढाइने छ,’ उनले भने । –कान्तिपुर दैनिकबाट