
काठमाडौं, कार्तिक ७ । गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ ।
अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५/७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ । गत आर्थिक वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेको थियो ।
विगतमा सबैभन्दा धेरै आर्थिक वर्ष ०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
धान रोपण क्षेत्र वृद्धि, समयमै रोपाइँ, अनुकूल मौसम, सिँचाइ, प्रविधि, मल बीउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढेको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्