
काठमाडौं, कार्तिक ६ । दसैं, तिहार, नयाँ वर्षजस्ता महत्वपूर्ण चाडपर्वका अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने र खुसियाली मनाउने चलन छ । नेपाली समुदायमा मनाइँदै आएका चाडपर्व वर्षौंदेखि उस्तै छन् । तर, यी पर्व मनाउने शैलीमा भने परिवर्तन हुँदै गएको छ ।
दसैं, तिहार तथा नयाँ वर्षमा भेटेर पोस्टकार्ड तथा फूलको गुच्छा साटासाट गर्ने चलनलाई पनि सूचना प्रविधिले बदलिदिएको छ । प्रविधिले ल्याएको परिवर्तनले पोस्टकार्ड, फूलको गुच्छा दिएर आत्मीयता साट्नेहरु घट्दैछन् । फेसुबक, ट्विटरका भित्ताहरुमा शुभकामना साट्ने प्रचलनले दिन प्रतिदिन व्यापकता पाउँदै आएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झा पछिल्ला वर्षमा शुभकामना आदानप्रदान गर्न फोन र एसएमएसको प्रयोग गर्ने क्रम घटेको बताउँछन् ।
केही वर्ष अगाडिसम्म दसैंको अवसरमा सरकारी स्वामित्वको नेपाल टेलिकमको नेटवर्कबाट मात्रै दैनिक एक लाखभन्दा बढी शुभकामनाका एसएमएसहरु आदानप्रदान हुन्थे । अहिले यो क्रम निकै कम भएको टेलिकम स्रोत बताउँछ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्