नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ । विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ । श्मशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको छ, तर पर्खाल होचो भएकाले कक्षाकोठामा बसेर पढ्दा वा खेलमैदानमा खेल्दा कब्रस्तानमा गाडिएका चिहान र अन्तिम संस्कारका लागि ल्याएका शव प्रस्टसँग देखिन्छ । विद्यालयनजिकै कब्रस्तान हुँदा…