Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


आफ्ना छोरा जब सौताका बनाइए


0
Shares

सप्तरी, पुस ६ । राजविराज नगरपालिका १२ सुग्यौन दमावतीको लक्ष्मीदेवी यादवले विवाह भएको एकवर्षपछि छोरा जन्माइन् ।

नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुशी थिए । दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन् । प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुबा बनेकोमा प्रसन्न थिए ।

वैदेशिक रोजगारमा गएका उनका भाईपनि कमाउन थालेका थिए । पाँच जनाको परिवारमा दुईजना थपिएपछि सातजना भए । जेठी बुहारी भएकाले घरको जिम्मेवारी लक्ष्मीमाथि थियो ।

सासूससुराकी प्यारी उनको जीवनमा खुशी नै खुशी थियो । विवाहको १० वर्षपछि लक्ष्मी बुबा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखापरिन् । हातमा प्लाष्टिकको झोला ।

झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र । दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्कैका भएछन् । गर्भ बोक । प्रसव वेदना सहे । आमा हुनुको अनुभव बटुले । सन्तान हुर्काए । दुई छोरा हुँदाहुँदै निसन्तान बनाइए ।’

प्रहरीलार्ई निवेदन दिदा उनी डाँको छोडेर रोइन् । देखनदासले लेखेको उजूरी निवेदनमा सन्तानको माया र ममता कति हुन्छ भनेर नदेखिएपनि लक्ष्मीको आँसुले त्यसलाई अभिव्यक्त गरेको थियो ।

उनको आँसुमा मातृवात्सल्य झल्किएको थियो । पति जागिरमा हुँदा सन्तान हुर्काउने जिम्मा लक्ष्मीकै थियो । धेरै दुख गरिन् । भोकभोकै काम गरिन् । सासूससुराको सेवा गरिन् ।

विगत बिर्सेर भविष्यको कल्पनामा रमाइन् । महिनारायण भने इलाकामा प्रहरी सेवामा रहँदा स्थानीय मुना खातीसँग प्रेममा फसेछन् । उनीसँग विवाह गरेर अर्कैसंसारमा रमाएका लक्ष्मीले पतै पाइनन् ।

लक्ष्मी परिवारको खुशीमै रमाएकी थिइन् । २०४७ मा घर आएका महिनारायणले फागुन २० गते छोराहरुको जन्मदर्ता गर्दा रोशन र कृष्णको आमाको नाममा मुनाको नाम लेखाए । आजको अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ ।