Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


सुदूरपश्चिमका भैंसीको मासु चीन र भियतनामसम्म


0
Shares

डोटी । सुदूरपश्चिमको पहाडबाट भैंसी निकासी हुन थालेको डेढ दशक नाघ्यो । सुरुका बर्षमा अवैध ढंगबाट चोर बाटो प्रयोग गरी लस्करका लस्कर भैंसी तस्करी गर्थे ।

यसरी निकासी हुने भैंसीका लस्कर अझै रोकिएका छैनन् । बरु त्यसलाई अहिले बैधानिक बाटोमा डोहोर्‍याउने कोसिस गरिएको सरोकारवाला बताउँछन् ।

‘अहिले उनीहरुले बैधानिक कारोबार गरिरहेका छन्’, सुदूरपश्चि प्रदेश, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. मदनसिंह धामी भन्छन्,‘हाल यस प्रदेशमा नौ सय ६१ जनाले व्यवसायिक रुपमा दर्ता भएर भैंसी मासुको कारोबार गरिरहेका छन् ।’

‘नेपाली बजारमै भैंसी मासुको माग धेरै छ’, कारोबारमा संलग्न कैलाली, अत्तरीयामा व्यवसायी बालकृष्ण भट्टराईले भने,‘यसैले हामीलाई माग अनुसारको आपूर्ति गर्नै कठिन छ ।’

नेपालकै माग नधानेका बेला यहाँका भैंसीको मासु चीन र भियतनामसम्म पुग्ने गरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका डा. धामीले बताए । नागरिक दैनिकबाट

Skip This