काठमाडौं । अवैध रुपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो । उनीहरु रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरुलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको…