Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सिन्धुपाल्चोक बस दुर्घटना: बाबु फरार, आमाको निधन, शिशु अस्पतालमा एक्लै


0
Shares

काठमाडौं । सिन्धुपाल्चोक– ६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।

जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र झण्डै नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए ।

फर्कँदासुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा चालक सुमनले पत्नी गुमाए ।

दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नि सुनिता एक थिइन् । घटना लगत्तैदेखि सुमन फरार छन् । उनीहरुका काखे शिशु खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको संरक्षणमा छन् ।

‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घटनामा पत्नी गुमाएको सोमबार मात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्यावयका प्रमुख सई राजेश दाहालले नागरिकसँग भने ।

दुर्घटनाका घाइतेसँगै शिशुलाई पनि अस्पतालमा लगिएको थियो । उनका अनुसार सुरुमा प्रहरीलाई दुर्घटनाका घाइते र मृतककमध्येकै एकको शिशु भएको लागेको थियो । सदाबहारबाट घाइते रेफर भइसक्दा पनि शिशु कसैले दाबी नगरेपछि प्रहरीले उनका आफन्तको खोजी थालेको थियो ।

अलपत्र परेका शिशुको आफन्त खोजी गर्ने क्रममै चालकको पहिचान खुलेको सई दाहालले बताए । -नागरिक दैनिकबाट