Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


रामदेवकहाँ सीताको उपचार


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहाललाई उपचार गर्न भारतस्थित बाबा रामदेव आश्रममा पुर्‍याइएको छ ।

उनलाई उपचारका लागि हरिद्वारस्थित पतञ्जली योगपीठमा लगिएको सीताकी छोरी गंगा दाहालले सामाजिक संजालबाट जनाएकी छन् ।

उनले आयुर्वेदिक उपचारका लागि हरिद्धारस्थित योगपीठमा बाबा रामदेव र आचार्य बालकृष्णसँगै रहेको तस्वीरसमेत सार्वजनिक गरेकी छन् ।

उपचारका लागि नेकपा नेता मातृका यादव, छोरी गंगासँगै हरिद्वार पुगेका हुन ।

सीता लामो समयदेखि नशासम्बन्धी समस्याबाट पीडित छिन् । उनलाई हिंडडुल गर्न कठिन हुने गरेको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट