काठमाडौं । गत आर्थिक वर्ष ०७६/७७ मा देशको आर्थिक वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशतमा झरेको छ । कुल गार्हस्थ्य उत्पादनको गणना हुन थालेको ६० वर्षको इतिहासमा देशको अर्थतन्त्र यति कमजोर कहिल्यै भएको थिएन । यसअघि गत वैशाखमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । केन्द्रीय तथ्यांक विभागले बिहीबार अन्तिम गणना सार्वजनिक गरेको हो ।…