Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्


104
Shares

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् ।

दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट ८ मेहलकुनाका रमेश बस्स्यालले बताए ।

‘पर्खदापर्खदै खाठ महिना बित्यो’, उनले भने, ‘जति आग्रह गर्दा पनि कम्पनी मालिकले पारिश्रमिक दिन मान्दैनन् ।’

पारिश्रमिक नपाएपछि उनले युएईस्थित नेपाली दूतावासमा जानकारी दिन खोजे पनि दूतावासका कर्मचारीले सहयोग नगरेको गुनासो गरे ।

‘गुनासो लिएर अबुधाबीस्थित नेपाली राजदूतावासमा पुग्दा कर्मचारीले कोरोना भाइरसको समस्या भन्दै लाइन बस्न दिदैनन्’, उनले भने, ‘युएईबाट सहयोग हुन नसकेपछि काठमाडौंमा रहेको विभिन्न निकायमा सहयोगको याचना गरिरहेका छौं ।’

दुबईबट पटकपटक अबुधाबी जान नसकिने उनी बताउँछन् । पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०/२० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ ।

मेरो भिसाको अवधि सकिन पनि चार दिन बाँकी छ उनले फोनसम्पर्कमा भने । आठ महिनादेखि पारिश्रमिक नपाउँदा ऋण लिएर गुजारा चलाइरहेको बताए । उनले आफ्नो मासिक पारिश्रमिक दुई हजार दुई दिरा (करिब ७० हजार रुपैयाँ) रहेको बताए ।

सात बर्षदेखि सोही रेष्टुरेन्टमा काम गर्दै आएका बस्याल पछिल्लो समय कोरोना महामारी सुरु हुनुअघि दुबई गएका थिए ।

‘अहिलेसम्म काम र पारिश्रमिकमा कुनै समस्या थिएन’ उनले भने, ‘कोरोना महामारीले ठूलो समस्या निम्त्यायो ।’

यस्तो बेला सबै निकायबाट सहयोग नहुने हो भने श्रमिक थप मारमा पर्छन् । आठ महिनामा रेष्टुरेन्ट कहिले खुल्ने र कहिले बन्द हुने गरेको पीडितहरुको भनाइ छ । नागरिक