काठमाडौं । खरानीमा परिणत भएको घरको अवशेष । छेउमा जल्दाजल्दै बचेका जस्ताका टुक्रा । दाउराका ठुटा, अनि अँगारको थुप्रो । त्यही अँगारमाथि कपडाको टुक्रो बिछ्याएर बसेका छन्, ७० वर्षीय दारिञ्जी शेर्पा । जलेका सामानको दुर्गन्ध र खरानीको धूलोले छपक्कै छोपिसक्यो । माटो भरिएको बोराको सिरानी लगाएर उनी दिनभर त्यहीँ ढल्छन् । कोही बोलाउन आए उठेर…