१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारतीय सुरक्षाकर्मीबाट महिला कुटिएपछि सुनौली नाकामा तनाव


0
Shares

भैरहवा । नेपाली महिलामाथि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुव्र्यवहार गरेपछि सुनौली नाकामा बुधबार तनाव भएको छ ।

भारतीय सुरक्षाकर्मीको ज्याजतीविरुद्ध सयौंको संखयामा उपस्थित स्थानीय नेपालीले बुधबार साँझ करिब ५ देखि ९ बजेसम्म दशगजा नजिक प्रदर्शन गरेका हुन् ।

स्थिति नियन्त्रणमा लिन नेपाल र भारत दुवैतर्फ बाक्लै संख्यामा सुरक्षाकर्मी तैनाथ थिए । सिद्धार्थनगर १ को सीमावर्ती बेलहियाकी ३९ वर्षीयाा हिरा आले गुप्तामाथि सीमामा तैनाथ एसएसबीकी एक महिला सुरक्षाकर्मीले हातपात गरेको आरोप नेपाली पक्षको छ ।

गुप्ता आमासहित सामान किन्न सुनौली बजार जान लागेकी थिइन् । मूल नाकाबाट जान खोज्दा भीड देखेपछि अर्को बाटो जाँदा घटना भएको उनले बताइन् ।

‘सामान्य भनाभनमा उनले मलाई झापड हानेर कपाल लुछ्न थालिन्’, गुप्ताले भनिन् ‘मलाई पिटेपछि मैले पनि उनलाई पिट्दै कपाल लुछे ।’ उनीहरुलाई सुरक्षाकर्मीले छुट्याएका थिए ।

एसएसबीका सुरक्षाकर्मीले गुप्तालाई सिमानाबाट समातेर भारततर्फ लैजान लागेपछि नेपालतर्फका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले तानेर फिर्ता ल्याएका थिए ।

साढे सात बजेतिर दुवैतर्फका सुरक्षा अधिकारी र स्थानीयसहितको टोली छलफलमा बस्न लागेको बेला अज्ञात व्यक्तिले प्रहार गरेको ढुंगाले भारतीय नागरिकलाई लागेपछि बैठक स्थगित भएको थियो ।

जताबाट गल्ती भएपनि आ आफ्नोतर्फबाट महसुस गरी कारवाही गर्ने सर्तमा सहमति भएपछि नाका सञ्चालनमा रहेको डिएसपी सत्यनारायण थापाले जमनकारी दिए । कान्तिपुर