काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाइ बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरीक उड्यान प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यपारीलाई भाडामा दिने तयारी थालेको छ । विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चायतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जगा होटल खोल्न व्यापारीलाई दिन लागिएको…