काठमाडौं । कोभिड– १९ का कारण स्वदेश फर्किएका चीनमा चिकित्सा शिक्षा (एमबिबिएस/बिडिएस) अध्ययनरत विद्यार्थीको भविष्य अनिश्चित भएको छ । पढाइपछि इन्टर्नसिप सक्न केही महिना मात्र बाँकी रहँदा स्वदेश आएका उनीहरू एक वर्ष बित्न लाग्दा पनि फर्किन पाएका छैनन् । चीनमा सामाजिक शास्त्रदेखि प्राविधिक तथा चिकित्सा शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थी गएका छन् । एमबिबिएसदेखि एमडीको अध्ययन सकेर इन्टर्न…