Logo ३१ भाद्र २०८३, बुधबार | Thu Sep 17 2026


सभामुख सापकोटले पनि गरे मतदान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि मतदान गर्नुभएकाे छ । उहाँले आज (शुक्रबार) बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहकाे निर्वाचनमा सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मतदान गर्नुभएको हाे । सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हाे ।