पोखरा । मतदान सम्पन्नको २३ घण्टापछि मात्र पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय एवं सर्वपक्षीय बैठकले दिउँसो २ बजे मतगणना सुरु गर्ने निर्णय गरेपनि मतगणनामा बस्ने दलका प्रतिनिधिको परिचय, गणकहरुको व्यवस्थापनमा ढिलाइ हुँदा दिउँसो सवाँ ४ बजेदेखिमात्र मतगणना सुरु भएको हो । मतपेटिका खन्याउनु अघि निर्वाचन कमिटीले सिल नम्बरबारे जानकारी नदिएको भन्दै केही…