प्रतिष्ठानका तर्फबाट यसवर्ष विशेष आकर्षणका रुपमा साहित्यकार लक्ष्मण सापकोटालाई यही असार २८ गते राष्ट्रकवि माधव घिमिरेको निवास लैनचौर, काठमाडौंदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास बखुंबहाल, ललितपुरसम्म भानुको पहिरनमा साहित्यिक दौड गराउने, असार ३० गते भानु संगीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम राखेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिए । प्रतिष्ठानले नेपाली…