दिपक श्रेष्ठ/ईमेज ललितपुर । वाङमय शताब्दी पुरुप सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा सोमबार ललिलतपुर महानगरपालिकामा रथारोहण गराउँदा जोशींप्रति श्रद्धा भाव व्यक्त गर्नेको संख्या उल्लेख्य देखियो । मुहारमा मन्द मुस्कान,लवेदा सुरुवाल अनि दुबोको मालामा सजिएका सत्यमोहन सय वर्षको उमेरमा पनि उत्तिकै जोसिलो र चम्किलो मुहारमा देखिन्थे । नेपाली सेनाको रिसल्ला सहितको बग्गीमा सवार हुँदा स्थानीयबासी…