Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान’

काठमाडौं, असार २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा आदिकवि आचार्यले भाषा, साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो । सोमबार भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उहाँले नेपाल भाषा, साहित्यको…