काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सत्ता गठबन्धन नभत्किएसम्म मुलुकले निकास नपाउने बताउनुभएको छ । बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो । ‘यो गठबन्धन रहेसम्म मुलुक अनिर्णयको बन्दी भइरहन्छ, जति छिटो गठबन्धन भत्किन्छ, त्यति छिटो यो मुलुकले निकास पाउँछ, तसर्थ गठबन्धन भत्किनुपर्छ,’ उनले भने ।…