Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


एमसीसी अनुमोदन गर्ने प्रक्रियाबाट हामीलाई बञ्चित गरियो : एमाले


1.2k
Shares

काठमाडौं । नेकपा (एमालें)ले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दललाई एमसीसी सम्झौता पारित गर्ने प्रक्रियाबाट बञ्चित गरिएको टिप्पणी गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य वाचन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनले एमसिसी पास गर्ने प्रक्रियामा एमालेलाई बाहिर राखिएको बताउनुभयो ।

‘प्रतिनिधिसभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ, संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्‌मा अवरोधका बीच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ ।’

सभामुखको बलमिच्याइँ र व्यवहारले उनी पदमा बस्न लायक नभएको पनि एमालेको जिकिर छ।